newskoseli.Com

२१ जुवाडे कर्‍याप्प : २ लाख ७० हजार नगद बरामद

गढवामा शुक्रबार राति १ लाख ७५ हजार रूपैयाँ नगदसहित ६ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा– ६, बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो । गढवा गाउँपालिका– ६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन यादव र सौगात चौधरीलाई नगदसहित जुवाको खालमा पक्राउ गरेको हो ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता दफा १२५ को उपदफा २ को (क) अनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइने इलाका प्रहरीले कार्यालयका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिएका छन् ।

त्यसैगरी, प्रहरीले मेलम्ची– ७, भारतीथोक, सिन्धुपाल्चोकबाट ६० हजार रुपैयाँसहित ९ जुवाडेलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले शुक्रबार राति ११ः४५ बजे छापा मारी उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।

जुवा खेल्नेहरु बढेको गुनासो आएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक पर्शुराम मल्लले जानकारी दिएका छन् । केही दिनअघि पनि प्रहरीले मेलम्ची– ११, बाट ६ जुवाडेलाई नगद ३४ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।

शनिबारसम्म बिदा रहेकाले पक्राउ परेका १५ जनालाई आइतबार म्याद थपका लागि अदालत लगिने जानकारी मल्लले दिए । लाखौं रुपैयाँ तासमा हार्न थालेपछि घरपरिवारका सदस्यले नै गुनासो गर्ने गरेकाले गस्ती बढाइएको मल्लको भनाइ छ । पछिल्लो समय जिल्लामा जुवा–तास खेल्नेको संख्या वृद्धि भएको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर