newskoseli.Com

नेकपा केन्द्रीय नेताको प्रश्न : राजनीतिसहित जिम्मेवार निकाय र व्यक्तिहरु ‘दलाल’, गर्ने के हो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं चर्चित युवानेता लेखनाथ न्यौपानेले राजनीतिक, प्रशासनिक, सुरक्षालगायत जिम्मेवार निकाय र व्यक्तिहरु ‘दलाल’ भएको भन्दै आफू ‘निकै गम्भीर र निकै संवेदनशील’ भएको जनाएका छन् ।

सामाजिक सञ्जाल ‘फेसबुक’ मा शनिबार पाँचबुँदे ‘स्ट्याटस’ लेख्दै नेता न्यौपानेले यस्तो प्रश्न गरेका हुन् । ‘निकै गम्भीर, निकै संवेदनशील’ शीर्षकमुनि पाँच वटा बुँदामा उनले भनेका छन्– ‘जनता विभाजित र निरीह; पार्टीका कार्यकर्ता बुख्याँचा; राजनीतिक, प्रशासनिक सुरक्षालगायत जिम्मेवार निकाय र व्यक्तिहरु दलाल; देश पूरै खोक्रो र जर्जर; हेर्दाहेर्दै देश ढल्ने/विघटन हुने खतरा देखियो !’

तत्कालीन एमाले अखिलका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपाका केन्द्रीय नेता ठाकुर गैरे, वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, पूर्वविद्यार्थी नेता रमेश मल्ल, उपराष्ट्रपतिपुत्र एवं विद्यार्थी नेता दिपेश पुन, विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, नरेश रेग्मी, दिपक देवकोटासहित उन्नाईस जना नेता–कार्यकर्तालाई ‘ट्याग’ गरेर ‘पोस्ट’ गरिएको आफ्नो ‘स्ट्याटस’ को अन्त्यमा न्यौपानेले प्रश्न तेर्स्याएका छन्– ‘गर्ने के हो ?’

यस्तो छ युवानेता न्यौपानेको ‘स्ट्याटस’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर