newskoseli.Com

१०० नम्बरमा फोन गरी गलत सूचन दिने वीरेन्द्र कर्‍याप्प

प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर गलत सूचना दिने मार्तडी, बाजुराका वीरेन्द्र रावललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सुरुमा आफैं फोन गरेर गलत सूचना दिने र प्रहरी नपुगेको भन्दै गाली गर्ने गरेको प्रमाणका आधारमा रावललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । जनसेवाका लागि प्रहरीले ‘टोल फ्रि नम्बरका रूपमा १०० लाई जारी गरेको छ ।

सुवेदी श्रेष्ठ बोलेको भन्दै प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने गरेकाले बडिमालिका नगरपालिका– ८ बस्ने टेकबहादुर रावलका २३ वर्षीय छोरा वीरेन्द्र रावललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको प्रहरी नायब उपरीक्षक भाटले बताए । गलत मानसिकता र नियत राखी सुरक्षा निकायमाथि नै अविश्वास गर्ने खालको गतिविधि तथा आचरण देखाएको र गाली गरेकाले रावलमाथि सार्वजनिक अपराधसम्बन्धी मुद्दामा कारबाही गर्ने तयारी गरिएको जानकारी भाटले दिएका छन् ।

जयमालिका यातायात प्रालिको जिप काउन्टरमा काम गर्दै आएका रावलले आफ्नो र अरुको मोबाइल प्रयोग गरेर केही सातादेखि प्रहरीलाई गलत सूचना दिँदै आएको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर