सामूहिकता, मितव्ययिताजस्ता नारा घन्काउने कम्युनिस्टहरू कांग्रेसभन्दा पनि बढी भड्किला, महँगा र खर्चालू देखिएका छन् ।
कम्युनिस्टहरु कत्तिको तडकभडकयुक्त छन् भन्ने कुरा दसैं, तिाहार, छठ, नेपाल सम्बतका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रस्ट हुन्छ । हुन त उक्त पार्टीका नेताहरु आफ्ना कार्यकर्ता नै बढी भएकाले खर्च पनि त्यही अनुपातमा बढेको तर्क गर्छन् ।
तर, यस वर्षको चियापानमा नेकपाको खर्च कांग्रेसको भन्दा चार गुणा बढी देखिएको छ । प्राप्त खर्च तथ्यांकअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपियाँ खर्च गरेको देखिएको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।