newskoseli.Com

प्रहरीले पायो ‘डिजिटल गभर्नेन्स अवार्ड’

सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नेन्स अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ ।

जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नेन्स अवार्ड– २०१८’ नेपाल प्रहरीले प्राप्त गरेको जानकारी प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले दिए ।

कात्तिक २२ मा जापानको टोकियोमा भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएसन नेपाल महासङ्घका कार्यकारी सदस्य डा. अभिजित गुप्ताले ग्रहण गरेको उक्त अवार्ड बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे ।

संस्थाले एशोसिओ आउटस्टयान्डिङ कम्पनी, आउटस्टयान्डिङ युजर अर्गनाइजेसन, डिजिटल गभर्नमेन्ट र आर्इसीटी एजुकेसन गरी चार विधामा अवार्ड वितरण गर्छ । त्यसमध्ये सूचना प्रविधि क्षेत्रको महत्त्वपूर्ण अवार्ड नेपाल प्रहरीले प्राप्त गरेको हो ।

सदस्य राष्ट्रबीच आर्इसीटी इन्डस्ट्रीलाई प्रवर्द्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा उक्त संस्था स्थापना भएको हो । संस्थामा एशिया र ओशिएनियाका २४ देशका सूचना प्रविधिसँग सम्बन्धित १० हजारभन्दा बढी संस्था आबद्घ छन् ।

सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा २०७५ भदौ १ मा नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स अवार्ड– २०१८’ प्राप्त गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर