newskoseli.Com

धन्न बाँचे पत्रकार सापकोटा : मस्तिष्काघातलगत्तै उपचार

पत्रकार राजेश सापकोटालाई मस्तिष्काघात भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार सुरु गरिएको छ ।

कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उनलाई बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पुर्‍याएका थिए । मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गालालले तत्कालै न्युरो अस्पताल बाँसबारी स्थानान्तरण गरेको थियोे ।

न्युरो अस्पतालले मस्तिष्काघात भएको पत्ता लगाई उपचार सुरु गरेको थियो । यो रोगमा समस्या देखिएको ९० मिनेटभित्रै यसविरुद्धको खोप नलगाए रोगीको मृत्यु सम्भावना रहन्छ । पत्रकार सापकोटा ४० मिनेटमै चिकित्सकको सम्पर्कमा पुगेपछि उपचार सम्भव भएको जानकारी उनले दिएका छन् ।

न्युरो सर्जनको प्रयासपछि उपचार सफल भएको छ । कात्तिक २८ देखि चिकित्सकको प्रत्यक्ष निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । सापकोटा दुई दशक अघिदेखि पत्रकारितामा संलग्न छन् । केही वर्ष यतादेखि उनी सत्याग्रह साप्ताहिकको सम्पादकका रूपमा कार्यरत रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर