newskoseli.Com

अटेरी कर्मचारीको जागिर खोसौं, तिनका ठाउँमा नयाँ भर्ना गरौं : प्रचण्डको ‘कडा’ प्रस्ताव !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कानुन वमोजिम सरकारले खटाउँदा पनि प्रदेश र स्थानीय तहमा जान नमान्ने कर्मचारीको जागिर खोसिदिनुपर्ने प्रस्ताव गरेका छन् ।

यसअघि नै दुई–दुई पटक प्रधानमन्त्री भैसकेका अध्यक्ष प्रचण्डले प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीमाथि कडा कारबाही गर्नुको विकल्प नरहेको भनाइ सार्वजनिक गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘प्रदेश र स्थानीय तहमा कर्मचारी खटाउन सरकारले कठोर निर्णय गर्नुपर्छ र नमान्नेलाई तत्काल निकाल्दिएर तिनका ठाउँमा नयाँ कर्मचारी भर्ना गर्नुपर्छ ।’

कर्मचारीका कारण परिवर्तन उल्टन सक्ने डर आफूलाई भएको अध्यक्ष दाहालले बताए । कर्मचारी समायोजन भई स्थानीय तह नजाँदा जनताले सरकारमाथि समेत प्रश्न उठाएको भन्दै उनले ती कर्मचारीप्रति तीतो पोखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर