newskoseli.Com

नेपाली मजदुरको मलेसियामा मृत्यु

मालिकार्जुन गाउँपालिका– ३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका थिए ।

उनको मृत्यु कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताए । घरपरिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय २ छोरा र तीन वर्षीय छोरी छन् ।

छोरी जन्मेलगत्तै धन कमाउने अभिलाषा लिएर विदेश गएका धामीको मृत्युको खबरपछि पूरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताउ । मृतकको शव नेपाल ल्याउन पहल सुरु गरिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर