newskoseli.Com

व्यस्त बजारमा बम राखेपछि ओली पक्राउ

सांकेतिक तस्बिर

नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

‘दयालू’ भन्ने प्रदीप ओलीलाई पुष्पलालचोक नजिकबाट शुक्रबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले पुष्टि गरेका छन् । पक्राउ परेका व्यक्ति ‘हामी नेपाली हाम्रो नेपाल’ नामक सङ्गठनका अध्यक्ष भएको जानकारीमा आएको छ ।

बम राखिएको पुष्पलालचोक नजिकै प्रहरीले शुक्रबार ‘हामी नेपाली हाम्रो नेपाल’ सङ्गठनको पर्चा फेला पारेको थियो । नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा भेटिएको बम करिव ७ घन्टापछि नेपाली सेनाको भैरवप्रसाद गण राँझाबाट आएको टोलीले निष्क्रिय पारेको राससले जनएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर