newskoseli.Com

फलामे साङ्लोमा बाँधिएर वर्षौंदेखि आफ्नै घरमा बन्धक !

कपिलवस्तुको शिवराज नगरपालिका– ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।

दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खाना दिए खान्छन् नत्र त्यसै बसिरहन्छन् । उनलाई उनकै परिवारले साङ्लोमा बाँधेर राखेको हो । २०५९ वैशाख ४ मा बुबा सुकुरुल्लाह दर्जीलाई अज्ञात समूहले हत्या गरेपछि बुबाको शव देखेर जमिरुल्लाहको मानसिक सन्तुलन बिग्रिएको हो । करिव १५ वर्षदेखि उनी मानसिक विक्षिप्ततामा छन् ।

बुबाको निधनपश्चात ६५ वर्षीया आमा नुरैनाले उनलाई फलामे साङ्लाले घरको आगाडि बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे सिक्रीले बाँधिएका जमिरुल्लाहलाई उनकी आमा र भाइ हविबुल्लाहले अहिले हेरचाह गरिरहेका छन् । ‘आफूले सकिने हेरचाह गरेका छौं, कहिलेकाहीं त घरबाट समेत भाग्ने गरेकोले कठिनाइ भएको छ’– भाइ हविबुल्लाहले बताए ।

करिव १ लाख रूपैयाँ खर्च गरेर उपचार गराइए पनि उनको रोग निको नभएको बताइएको छ । थप उपचारका लागि रकम नहुँदा समस्या भएको छ । ‘दाजुको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि विभिन्न अस्पाताल तथा धामी–झाँक्रीलाई देखायौं तर पनि सञ्चो नभएपछि फलामे सिक्रीले बाँधेर राखिएको हो’– भाइ हविबुल्लाहले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर