newskoseli.Com

प्रा.डा. कमलप्रकाश मल्लको निधन

नेपालका प्रखर बौद्धिक व्यक्तित्व प्राध्यापक डाक्टर कमलप्रकाश मल्लको निधन भएको छ ।

अमेरिकाको एटलान्टामा शनिबार राति ११ः५० मा उनको निधन भएको जानकारी पारिवारिक आफन्तजनले दिएका छन् । प्रा.डा. मल्ल लामो समयदेखि स्नायुसम्बन्धी रोग ‘पार्किन्सन्स’ र विस्मृतियुक्त रोग ‘अल्जाइमर्स’ बाट पीडित थिए ।

वि.सं. १९९३ मा तिहारको लक्ष्मीपूजाका दिन काठमाडौंमा जन्मिएका मल्ल त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष हुन् । प्रा.डा. मल्लले नेपाली भाषाविज्ञान र नेपालभाषाका साथसाथै अरु विभिन्न भाषा, नेपाल सम्बत्, संस्कृति र इतिहासमा अध्ययन र गहन लेखनलाई वैकल्पिक धारमा उभ्याइदिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर