newskoseli.Com

मंसिर ६ मा नेकपाको सचिवालय बैठक

झन्डै एक महिनादेखि नबसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक यसै सता बस्ने तयारी भएको छ ।

प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनहरुको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची तय र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।

यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको हो । नेकपाको पछिल्लो सचिवालय बैठक कात्तिक ८ मा बसेको थियो । सो बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिस गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो ।

मङ्सिर ६ मा सचिवालयको बैठक बस्ने र त्यसले स्थायी कमिटी बैठकको मिति र कार्यसूची तय गर्ने तयारी भएको जानकारी नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दिए । ‘पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार स्वदेश फर्कनुहुन्छ,’ श्रेष्ठले भने– ‘त्यसपछि आगामी बैठक बस्ने तयारी गरिएको छ ।’

पार्टीले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ । ती पदाधिकारीले जिल्लामा काम गर्नका लागि संयन्त्र गठन गरेका छन् । दुई सदस्यीय उक्त कार्यदलले निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीमा रहने सदस्यको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ मा एकता भएपछि ३ महिनाभित्र सक्ने भनिएको तल्लो तहको एकता हालसम्म हुन नसकेको राससले जनएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर