newskoseli.Com

काठमाडौंमा नेकपा (विप्लव) को महत्त्वपूर्ण बैठक : यस्ता छन् बैठकका निर्णय…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘पार्टी पुनर्गठन दिवस’ का अवसरमा ८ मंसिरमा राजधानीमा व्यापक शक्ति प्रदर्शनसहित वृहत् जनसभा आयोजन गर्ने भएको छ ।

सो पार्टीले उक्त सभा र प्रदर्शनलाई मध्यनजर गरेर विभिन्न खाले तयारी र प्रचारप्रसार तीव्र पारेको छ । जनसभाको व्यवस्थित प्रचारप्रसारको तयारीका निम्ति पार्टीका पोलिटब्युरो सदस्य अनिल विरहीको विशेष उपस्थिति र प्रचार उपसमितिका संयोजक एवं उक्त पार्टीका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको सहभागितामा हालै राजधानीमा उपसमितिको बैठक बस्यो ।

बैठकमा उपसमितिका सदस्य एवं क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, रातो खबर प्रकाशन गृहका प्रबन्ध निर्देशक भीमप्रसाद चापागाईं, पत्रकार सङ्गठनका पदाधिकारी, विभिन्न अनलाइन, पत्रपत्रिकालगायत सञ्चार माध्यमका प्रतिनिधिहरु समेत सहभागी भए । बैठकमा मंसिर ८ को जनसभालाई केन्द्रमा राखेर व्यापक प्रचारप्रसारका निम्ति आवश्यक विभिन्न निर्णय लिइएको जानकारी संगठनका अध्यक्ष डुम्रेले न्युजकोसेलीलाई दिए ।

मंसिर १ मा काठमाडौंमा बसेको उपसमितिको पहिलो बैठकले रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका तथा सामाजिक सञ्जाललाई संयोजन गर्न ठोस योजना निर्माण गरेको जानकारी समेत अध्यक्ष डुम्रेले दिएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर