newskoseli.Com

‘दुईतिहाईको सरकार अधिनायकवादउन्मूख’ : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख भएको आरोप लगाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित प्रदेश– ३ स्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको आरोप लगाए । दुईतिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको प्रचार गरिए तापनि जनताले त्यसको महशुस गर्न नसकेको भन्दै मलुकको राजनीति अधिनायकवादउन्मूख हुँदै गएको आरोप देउवाले लगाए ।

‘अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्छ,’ सभापति देउवाले भने– ‘२००७ सालदेखि प्रजातन्त्रको पक्षमा लड्दै आएको नेपाली कांग्रेस फेरि एक पटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि लड्छ, तमाम कांग्रेस नेता–कार्यकर्ता एकजुट हुनुको विकल्प छैन, एकजुट हुनोस् ।’

‘वर्तमान सरकारले सर्वसत्तावाद उन्मूख हुने नियत देखाएको छ त्यसैले अधिनायकवादी चरित्रलाई सदाका लागि अन्त्य गर्न नेपाली कांग्रेसले सशक्त प्रतिकार गर्छ,’ सभापति देउवाले भने– ‘प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती–कमजोरीलाई बिर्सेर एकढिक्का भई अघि बढ्न म पार्टीका सबै नेता–कार्यकर्तालाई आह्वन गर्छु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर