
लागूऔषध र पेस्तोलसहित प्रहरीले मंगलबार राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– ३२, जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज ११ प ४८६६ नम्बरको मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका– ३, सर्लाहीका २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागूऔधष (नाइट्रभेट) ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि अनुसन्धान सुरु गरिएकोे जानकारी महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले दिएको राससले जनाएको छ ।