newskoseli.Com

सरकारी वकिल नै अख्तियारद्वारा घुससहित कर्‍याप्प !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलकार्यालयले मङ्गलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले बिहान ११ बजे उनलाई पक्राउ गरेको हो ।

घुस्याहा सरकारी वकिल निरौलाबारे विस्तृत अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने आयोगको कार्यालयले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर