newskoseli.Com

नुनको बिक्रीवितरण सर्वसुलभ छ : साल्ट ट्रेडिङको प्रष्टोक्ति

बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्रीवितरण भएको भन्ने प्रचारवाजीमा सत्यता नभएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।

आफूले बाजुरा जिल्लाको नुन बिक्रीको विषयमा स्थलगत अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढी रकममा कहींकतै नुन बिक्रीवितरण भएको नपाइएको कर्पोरेसनको धनगढीस्थित सेती अञ्चल कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए ।

जिल्ला प्रशासन कार्यालय बाजुराले पनि गरेको स्थलगत अनुगमनका क्रममा जिल्लाको कवाडी, मार्तडी, कोल्टीमा रहेका डिपोबाट ‘भानु’ नुन प्रतिकिलो ९ रूपैयाँका दरले नै बिक्रीवितरण भइरहेको जानकारी कर्पोरेसनलाई दिइएको छ । यस वर्ष बाजुराका थप तीन ठाउँमा स्थापना गरिएका नुन बिक्री केन्द्रमध्ये छेडेदहको डोगडीमा यसै हप्तादेखि नुन बिक्री सुरु गरिएको र गौमूल गाउँपालिकाको कृतिचौर तथा पाण्डवगुफामा बिक्रीको व्यवस्था मिलाउन नुन ढुवानी भइरहेको जनाइएको छ ।

सरकारी अनुदानको आयोडिनयुक्त ‘भानु’ नुन कर्पोरेसनले सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुलाका दुर्गम क्षेत्रका बासिन्दालाई बिक्री गर्दै आएको छ । यी चार जिल्लाका लागि गत वर्ष कर्पोरेसनले ३१ हजार क्विन्टल ‘भानु’ नुन ढुवानी गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर