newskoseli.Com

नेकपा सचिवालय बैठक सुरु : संगठनात्मक एकीकरणबारे प्रस्ताव पेस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको संगठनात्मक एकीकरणबारे प्रस्ताव पेस गरेका छन् ।

यसअघिको बैठकमा गठन गरिएको महासचिव पौडेल र नेता रामबहादुर थापा ‘बादल’ रहेको कार्यदलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार सुरु बैठकमा एकीकरणबारे प्रस्ताव पेस गरेका हो । प्रस्तावमाथि शुक्रबारको सचिवालय बैठकमा छलफल हुने र त्यसबारे निर्णय चाहिँ स्थायी कमिटीको बैठकले लिने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।

पोलिटब्युरोको गठन, जनवर्गीय संगठनहरुको एकता, केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे समेत शुक्रबारको बैठकमा छलफल हुने भएको छ । सरकार, पार्टी र संसदीय दलको समीक्षा समेत यस बैठकमा गरिने भएको छ । त्यसैगरी, तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन २१ केन्द्रीय सदस्यहरुले बुधबार गरेको मागका विषयमा पनि बिहीबार छलफल भयो ।

२१ केन्द्रीय सदस्यहरुले बुधबार गरेको मागका विषयमा शुक्रबारको सचिवालय बैठकमा ऐजन्डा नै बनाएर छलफल गर्ने निर्णय गरिएको जानकारी प्रवक्ता श्रेष्ठले दिएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर