newskoseli.Com

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ ।

रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै सोही वडाकी एक महिलाले बिहीबार जाहेरी दर्ता गराएकी थिइन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानुन अनुसार अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए । उनका अनुसार वडाध्यक्ष रेग्मीलाई अदालतको आदेशपछि पक्राउ गरिनेछ ।

ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा समेत जाहेरी दिएकी थिइन् । तर, न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीमा पठाएको थियो । वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाउन खोजिएको बताएका छन् । आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको प्रतिक्रिया उनले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर