newskoseli.Com

कोटेश्वर–कलङ्की सडक : थप ७ वटा आकाशे पुल बन्दै

कोटेश्वर–कलङ्की सडकमा बन्दै गरेका ३ वटा बाहेक थप ७ स्थानमा आकाशे पुल बन्ने भएका छन् ।

चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा ३ ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्न असहज भएपछि सरकारले थप ७ ठाउँमा आकाशे पुल बनाउन सुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घार्इ निर्माण सेवा समूहलाई काठमाडौं चक्रपथ सुधार योजनाले समन्वय गरिरहेको जानकारी योजनामा कार्यरत इञ्जिनियर निरञ्जन शर्मा अर्यालले दिएका छन् ।

योजनाले नै थप ७ स्थानमा आकाशे पुलको जिम्मेवारी लिएको छ । उनले भने– ‘तीमध्ये कुनैमा काम सुरु भयो, कुनैमा सुरू हुने क्रम चल्दैछ, कुनैमा भने ठेक्का सम्झौता हुन नै बाँकी छ ।’ चिनियाँ आफैंले कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुलको निर्माण गरिसकेको छ । सरकारले गर्ने भनिएका ७ ठाउँका आकाशे पुल दुई वर्षमा बनाइसकिने योजनाले जनाएको छ । बालकुमारी, सातदोबाटो, एकान्तकुना र बल्खुमा आकाशे पुल निर्माण भइरहेको छ ।

शर्माले भने– ‘चारै स्थानमा जगको काम सकिएर पिलरको काम अघि बढेको छ ।’ महालक्ष्मीस्थान र सानेपामा भने काम सुरु भइसकेको छैन । यी दुई स्थानमा ठेक्का सम्झौता भइसकेकाले केही समयपछि काम सुरु हुनेछ । नेपालको पहिलो ८ लेन यो सडकको ठेक्का सम्झौता आगामी डिसेम्बरमा सकिने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर