
बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति शुक्रबार पक्राउ परेका छन् ।
इन्सेक सप्तरीले ११ महिनाको अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ परेका हुन् । बिहीबार दिउँसो घरपरिवारका सदस्य धानबाली भित्र्याउन खेतमा गएका बेला सरदारले बलात्कार गरेको पीडितले बताइन् ।
पीडितका साथ राजविराज आएकी उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार उजुरी दिएकी छन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भएको अस्पतालले बताएको राससले जनाएको छ ।