newskoseli.Com

कालिञ्चोक मन्दिर दर्शनार्थीको लेक लागेर मृत्यु

फाइल तस्बिर

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ ।

काठमाडौंको काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको शनिबार मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले बताए ।

दोलखाको कुरी बजारमा बास बसेको होटलमा नै उनको स्वास्थ्यमा समस्या देखा परेको थियो । शनिबार बिहान सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा गौतमको मृत्यु भएको बताइएको छ ।

गौतमसहितको टोली काठमाडौंबाट बस रिजर्भ गरी कालिञ्चोक दर्शनका लागि शुक्रबार दोलखा पुगेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर