newskoseli.Com

आग्लो प्रहार गरी श्रीमतीको हत्या

जिरी नगरपालिका– ९, ठूलोपातल, सल्लेका ३५ वर्षीय तस्बिर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् ।

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतीमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताए । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर