newskoseli.Com

कम छैनन् महिला पनि ! रक्सी तन्काएर सवारी साधन हुइँक्याउँदै…

पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आ.व. मा ‘मापसे’ गरी सवारी साधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आ.व. २०७४/७५ मा ३ सय २६ महिलाले मापसेसम्बन्धी ‘चेतनामूलक कक्षा’ लिएका थिए । चालु आ.व. को ४ महिनामा मापसे गरी सवारी साधन चलाएका ३ सय ४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

‘पछिल्लो समय मापसे गरेर सवारी साधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,’ उनले भने– ‘महिलामा मापसे गरी सवारी साधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयो ।’ लेन अनुशासनतर्फ आ.व. २०७४/७५ मा ३ हजार २ सय ५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आ.व. को ४ महिनामा ७ सय ५२ महिलाले सो कक्षा लिए ।

आ.व. २०७४/७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आ.व. को ४ महिनामा सो कक्षा लिने महिलाको सङ्ख्या २ रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र झन्डै ८ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर