newskoseli.Com

बिहानै २ सवारी दुर्घटना : ३ को मृत्यु, ६ जना गम्भीर घाइते

सुर्खेतबाट ठाटीकाँध गाउँपालिका– ३, बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप बुधबार बिहान ८ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । सोही गाउँपालिका– ३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं. १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो ।

उनका अनुसार धामीगाउँ नजिक जिपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन । घाइते सबैको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको उद्धारका लागि ठाटीकाँध चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीलगायत एम्बुलेन्ससहित घटनास्थल पुगेका थिए ।

राजधानीमै दुर्घटना, १ को मृत्यु

त्यसैगरी, नम्बर नखुलेको सावारीको ठक्करबाट शुत्रबार बिहान राजधानीको टेकुमा एक जनाको मृत्यु भएको छ ।

टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको कालिमाटी प्रहरी वृत्तले जनाएको छ ।

दुर्घटनापछि सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर