newskoseli.Com

‘डिजेल चोर’ ड्राइभर परे ‘कडा कारबाही’ मा !

भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङ्कर चालकलाई नेपाल आयल निगम विराटनगरले कारबाही गरेको छ ।

भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नम्बरको ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटामै २ हजार ४ सय ८४ लिटर डिजल चोरी गरी बिक्री गरेको जानकारी विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले दिएका छन् ।

ट्याङ्करमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङ्कर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै चोरी भएको तेलको दोब्बर रकम निगमको खातामा हिजै जम्मा गरिसके पनि सुखदेवलाई ३ महिना तेल ढुवानी गर्न बन्देज गरेको, चालक स्वर्णकारले निगमका ट्याङ्कर चलाउन नपाउने, ६ महिनासम्म निगम हाताभित्र प्रवेश पनि गर्न नपाउने नसिहत निगमले दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर