एउटा विदेशी धार्मिक एनजीओको कार्यक्रम गराउन जनतामाथि अत्याचार हुने गरी ४ दिनका लागि सरकारले लादेको जोर–विजोर प्रणाली चौतर्फी जनविरोधका कारण दोस्रो दिनमै तुहिएको छ ।
सरकारले शुक्रबार बिहान ११ बजेदेखि नै लागू हुने गरी जोर–विजोर प्रणाली हटाएको जानकारी ट्राफिक प्रहरी महाशाखाले दिएको छ । विवादास्पद एनजीओले गर्न लागेको एसिया प्यासिफिक समिट– २०१८ का लागि भन्दै मंसिर १३ देखि १६ सम्म जोर–विजोर प्रणाली लागू गरिएको ट्राफिक प्रहरीको उर्दी थियो ।
पहिलो दिनदेखि नै चर्को जनविरोध भयो र जोर–विजोर प्रणालीको अवज्ञा गर्न समेत आह्वान भयो । सरकारको कडा आलोचना भएपछि लाचार भएर गृह मन्त्रालयले जोर–विजोर प्रणाली हटाउन निर्देशन दिएको हो ।