newskoseli.Com

आङसान सुकीले के–के भनिन् काठमाडौंमा भाषण गर्दै ?

म्यान्मार (बर्मा) की स्टेट काउन्सिलर आङसान सुकीले विश्वमा दिगो विकास र शान्ति स्थापनाका लागि सहकार्यमा जोड दिएकी छन् ।

शनिबार राजधानीमा सुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन– २०१८’ लाई सम्बोधन गर्दै हरेक चुनौतीलाई अवसरका रुपमा लिई सकारात्मक सोचका साथ त्यसको सामना गर्न सक्नुपर्ने सुकीले बताइन् । दिगो विकास, समृद्धि र शान्ति सँगसँगै स्थापित हुनुपर्ने बताउँदै पारस्परिक समृद्धि, सहकार्य र मानवीयतालाई प्राथमिकता दिएर मात्रै गरिबी, अशिक्षाजस्ता एशिया प्रशान्त क्षेत्रका साझा समस्याको समाधान गर्न सकिने उनले उल्लेख गरिन् ।

सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतीय जनता पार्टीका नेता विजय जोलीलगायतले पनि सम्बोधन गरे । आफूले हरेक पटक नेपाल भ्रमणमा आउँदा भ्रातृत्वको सन्देश पाउने उल्लेख गर्दै भारत विश्वव्यापी शान्ति र विकासका लागि सहकार्य गर्न तयार रहेको जोलीले बताए ।

आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन .यस्पीएफ) का अन्तर्राष्ट्रिय अध्यक्ष डा. थोमस जी वास्लले स्वागत गर्दै सम्मेलनले दिगो विकासका लक्ष्य र शान्ति तथा सहकार्यका लागि सन्देश दिने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेसँगै सम्मेलन सुरु भएको थियो । सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुना सहभागी छन् । यसखाले सम्मेलन नेपालमा पहिलो पटक भएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर