newskoseli.Com

डा. वाग्लेले पाए ‘कम्युनिकेसन अवार्ड’

यस वर्षको ‘कम्युनिकेसन अवार्ड– २०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ ।

नेपाल टोस्टमास्टर्सले शनिबार राजधानीमा आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा सो सम्मान पहिलो पटक गैरटोस्टमास्टर सदस्य डा. वाग्लेलाई प्रदान गरिएको हो । नेपालमा टोस्टमास्टर्सका गतिविधि बढिरहेको सन्दर्भमा नेपाल टोस्टमास्टर्सले १४ क्लब र करिव ५ सय सदस्यका साथमा पहिलो पटक डिभिजन सम्मेलन आयोजना गरेको हो ।

टोस्टमास्टरले आमसभा, भाषणलगायत गोष्ठीमा उदघोषण, वक्ता परिचय र सहजीकरणजस्ता काम गर्छ । ५ सय सदस्यमध्ये २ सय ५० सदस्य नेपालका कर्पोरेट, बैंकर, व्यावसायिक व्यक्तित्व, शिक्षक, पर्यटक, उद्यमी, कार्यकारी, सल्लाहकार, मिडिया व्यक्तित्व र कार्यरत व्यवसायीदेखि कलेजका युवा विद्यार्थी छन् भने बाँकी भारतलगायत मुलुकबाट सहभागिता छ । ‘सिक्नु, नेतृत्व गर्नु र लाभ उठाउनु’ भन्ने मूल नारासहित सुरु भएको सम्मेलन शनिबार समापन हुँदैछ ।

कार्यक्रममा नेपालका डिभिजन निर्देशक तथा विशिष्ट टोस्टमास्टर्स रञ्जित आचार्य र एशोसिएट क्लब ग्रोथका निर्देशक तथा प्रतिष्ठित टोस्टमास्टर सुमन शाक्यले सम्मेलनले नेपालका अन्य सहरमा पनि टोस्टमास्टर्स विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर