newskoseli.Com

नेकपाको प्रदेश कमिटीमा रोल्पाबाट २० जना : को–को हुन् ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना गरी रोल्पाबाट २० जना चयन भएका छन् ।

नेकपाको प्रदेश कमिटीमा पूर्वमाओवादी केन्द्रबाट राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्ती मगर, वीरबहादुर खत्री, दिनेश रोका, कर्मलाल परियार, हरिसरा घर्ती मगर, भक्तबहादुर घर्ती, गोविन्द पुन, हरिभान पुन र तुल्सी डाँगी चयन भएका छन् । त्यसैगरी पूर्व एमालेबाट रुद्रमणि सुवेदी, कुमार दसौदी, रीमा नेपाली, हरि घर्ती मगर, शान्तकुमार वली र राजकुमार कक्षपति चयन भएका छन् ।

स्थानीय तहमा ६०–४० को अनुपातमा नेतृत्व बाँडफाँड गरेको बताइएको छ । जसअनुसार १० स्थानीय तहमध्ये ६ वटामा पूर्वमाओवादी केन्द्र र ४ वटा स्थानीय तहमा पूर्वएमालेबाट नेतृत्व हुने भएको छ । जिल्लाका रुन्टीगढी, त्रिवेणी, गङ्गादेव र लुङ्ग्री गाउँपालिका पूर्वएमालेले नेतृत्व गर्ने भएका छन् भने रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् ।

प्रदेश सदस्य तथा स्थानीय तहको समेत अन्तिम टुङ्गो लागिसकेको हुँदा अब पार्टी एकताले मूर्तरुप लिने पूर्वएमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले बताए । एकीकरणको तलैसम्मको काम व्यवस्थित गरेर पार्टी सञ्चालन हुने घर्तीले बताए ।

दश स्थानीय तह रहेको रोल्पामा अघिल्लो वर्ष भएको निर्वाचनमा पूर्वमाओवादी केन्द्रले ७, पूर्वएमाले २ र नेपाली काङ्ग्रेसले १ स्थानीय तह जितेका थिए । प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ स्थानमा भने वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा पूर्व माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर