newskoseli.Com

प्रधानमन्त्री ओलीलाई विदेशी एनजीओको १ लाख डलर ‘पुरस्कार’ !

युनिभर्सल पिस फाउन्डेसन (यूपीएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नेतृत्व र सुशासन पुरस्कार’ प्रदान गरेको छ ।

राजधानीमा आइतबार सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले सरकारको सम्मानमा दिइएकाले उक्त पुरस्कार नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे । उनले भने– ‘यो नेपाली जनता र नेपाल सरकारलाई गरिएको सम्मान हो । यसबाट प्राप्त रकम सरकारी कोषमा दाखिला गरेर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थालाई अगाडि बढाउने मेरो सोच छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर