newskoseli.Com

सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

काठमाडौं उपत्यकामा भएको एक सवारी दुर्घटनामा परी ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

आयतबार राति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो । कँडेल आफैंले स्कुटर चलाउँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पुर्‍याएको र उपचारका क्रममा उनको मृत्यु भएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दिए ।

दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको महाशाखाले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर