
प्रशिक्षणको क्रममा गोली लागेर प्रहरी जवान तथा प्रशिक्षक राजेन्द्र यादव घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मंगलबार दिउँसो करिव १२ बजे प्रशिक्षक यादवले पेस्तोल सफा गर्ने क्रममा गोली पडकिँदा निजको देब्रे हातमा गोली लागेको प्रहरीले जनाएको छ ।
उपचारका लागि जवान यादवलाई मंगलबारै काठमाडौंतर्फ लगिएको प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताएको राससले जनाएको छ ।