
विद्युत् चोरी गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट मङ्गलबार आठ जना पक्राउ परेका छन् ।
विद्युतको पोलमा अङ्कुश लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताएका छन् ।
छिन्नमस्ता गाउँपालिका– १ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रह्लाद दास र वडा नं ७ का जामुन रायलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकालाई विद्युत् ऐनअनुसार जनही १५ हजार ५ सय २ रुपैयाँ जरिवाना असुल गरी छाडिएको राससले जनाएको छ ।