newskoseli.Com

जापानी सम्राटको ८५औं जन्मदिन, नेपालमा सहयोग जारी रहने

जापानी सम्राट अकिहितोको ८५औं जन्मदिनका अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार स्वागत समारोहको आयोजना गरे ।

समारोहलाई सम्बोधन गर्दै जापानी राजदूत मासामिची साइगोले जापान नेपालको एक हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायतका विविध क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताए ।

एक मित्रराष्ट्रका रुपमा जापानले समृद्ध नेपाल हेर्न चाहेको भन्दै यसका लागि आगामी दिनमा पनि जापानले नेपालको सहयोगलाई निरन्तरता दिने विश्वास उनले व्यक्त गरे । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित थिए ।

समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालमा रहेका जापानी नागरिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर