newskoseli.Com

सत्ताधारी नेकपाविरूद्ध कट्टेलद्वारा सर्वोच्चमा मुद्धा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएकोमा विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै अध्यक्ष कट्टेलले शुक्रबार सर्वोच्चमा दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानुनविपरीत भएको उल्लेख छ ।

आयोगले असोज ९ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई वैधानिकता दिएको थियो । कट्टेलको निवदेनमाथि मङ्सिर २४ मा पेशी तोकिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर