newskoseli.Com

इन्जिनियरिङकी उत्कृष्ट छात्रा पुरस्कृत

इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन तथा वरिष्ठ इन्जिनियर बाबुराम भट्टराईको सोमबार नवौं स्मृति दिवस मनाइयो ।

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको डिन कार्यालयस्थित बाबुराम भट्टराई स्मृति सभाकक्षमा आयोजित स्मृति दिवसका अवसरमा २०७५ को इन्जिनियरिङ प्रवेश परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट भएकी रश्मि गौतमलाई २० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित सम्मानित गरियो ।

सुनापति– १, रामेछापकी रश्मि पुल्चोक क्याम्पसमा आर्किटेक्चर इन्जिनियरिङ अध्ययनरत छिन् । उनले राजधानीको कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीबाट एसएलसी तथा माइतीघरस्थित सेन्ट जेभियर्स कलेजबाट दस जोड दुई विशिष्ट श्रेणीमा उत्तीर्ण गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा. कमलकृष्ण जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुल्चोक क्याम्पसका प्रमुख डा. गोकर्णबहादुर मौत्रा, जापानका लागि पूर्वराजदूत डा. विष्णुहरि नेपाल, स्ववियु सभापति रोशन थापालगायतले सम्बोधन गरे ।

बाबुराम भट्टराई स्मृति प्रतिष्ठानकी अध्यक्ष मथुरादेवी भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा रविन्द्रनाथ श्रेष्ठले ‘नेसनल डेभलपमेन्ट एण्ड इन्जिनियरिङ प्रोफेसन’ शीर्षक कार्यपत्र प्रस्तुत गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर