newskoseli.Com

गाउँपालिका अध्यक्षमाथि कुटपिट, घरमा समेत तोडफोड !

मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेको छ ।

बाँफिकोट गाउँपालिका– ४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो ।

सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकामा गम्भीर चोट लागेको छ । उक्त समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन्

अध्यक्षमाथि कुटपिट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर