
इलामको रोङ गाउँपालिका– ६, सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ ।
कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर सलकपुर खानेपानी तथा सरसफार्इ योजनामा कार्यरत योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिएको राससले जनाएको छ ।