newskoseli.Com

जन्ती गाडीे दुर्घटना : ६ को मृत्यु, २ घाइते, बेहुला–बेहुली सकुशल

चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किंदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस दाङको लमही नगरपालिका– ९ को रिहार नजिक बुधबार राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार ८ मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका– ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर– १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर