
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा शुक्रबार दिउँसो मिनिट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । घाइते १७ जनालाई प्रहरीले उद्दार गरी अस्पताल पठाएको छ ।
शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिएका छन् ।उद्धारकार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने जानकारी डीएसपी भट्टराईले दिए ।
घटनास्थल जिल्ला सदरमुकाम विदुरबाट साढे ३ घन्टाको दुरीमा रहेको जानकारी डीएसपी भट्टराईले दिए । तामाङ समुदायको सांस्कृतिक पर्व मनाएर फर्कंदै गरेकाहरु दुर्घटनामा परेको नुवाकोटबाट प्राप्त समाचारमा उल्लेख छ ।