newskoseli.Com

७१ वर्षीया मैयाँ आमाले बल्ल पाइन् नागरिकता

रावादोलुकी मैयाँ खड्काले ७१ वर्षमा नागरिकता पाएकी छन् । अपाङ्गता भएका कारण सदरमुकामसम्म आउन नसकेकाले नागरिकता बनाउन नपाएकी उनले गाउँमै शिविर सञ्चालन भएपछि नेपाली नागरिकता पाएकी हुन् ।

गाउँमै शिविर आएपछि मैयाँले नागरिकता पाएको उनका आफन्त डम्बरबहादुर खड्काले बताए । शिविरमा सांसद यज्ञराज सुनुवार र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले खड्कालाई नागरिकता हस्तान्तरण गरे । उनीजस्तै अशक्त र वृद्धवृद्धाले गाउँमै सेवा पाएका छन् । समय र पैसा खर्च गरेर सदरमुकामका कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पाएको भन्दै स्थानीयवासी खुशी भए ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा दुई दिन सञ्चालन भएको सरकारी घुम्ती शिविरमा ५ सय २७ नागरिकले सेवा लिएको जानकारी प्रजिअ न्यौपानेले दिए । शिविरमा १ सय ३४ ले नागरिकता लिए भने २ सय १६ ले स्वास्थ्य जाँच गराएर औषधि लिए, ७ जना व्यवसायीले व्यवसाय दर्ता गराए अनि १ सय ७० ले मतदाता नामावलीमा अभिलेख दर्ता गराएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर