राजधानीमा आफ्नै घर भएर पनि सरकारी ढुकुटीबाट घरभाडा रकम असुलिरहेका सांसदहरूबारे केही दिनयता पत्रपत्रिकामा खबरहरू प्रकाशित हुन थालेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले बुझिसकेको रकम समेत फिर्ता गर्ने घोषणा गरेका छन् ।
संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा दुःख व्यक्त गर्दै नेता भट्टराईले ०७४ फागुनदेखि ०७५ मंसिरसम्म दस महिना आफूले घरभाडावापत बुझिसकेको रकम फिर्ता गर्ने जनाएका छन् ।
यस्तो छ भट्टराईको विज्ञप्ति–