newskoseli.Com

नेकपा स्थायी कमिटीको बैठक बस्दै : अध्यक्षद्वयसहित वामदेवको प्रस्तावमाथि छलफल हुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।

सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको साझा प्रतिवेदनका बारेमा छलफल गर्ने तयारी छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षद्वयको साझा दस्तावेजमाथि नेता वामदेव गौतमले राखेको फरक प्रस्तावबारे पनि छलफल गर्ने तयारी रहेको नेता देव गुरुङले जानकारी दिए ।

केन्द्रीय कमिटीमा ७७ जना थप गरेर ५११ सदस्यीय बनाउनुपर्ने नेता गौतमको माग छ। तत्कालीन एमाले र एकीकृत माओवादीबीच जेठ ३ गते एकता भएपछि ४४१ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनेको छ । नेता गौतमले ७७ जना महिला नै थप गर्नुपर्ने माग गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर