newskoseli.Com

२ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, सोमबार–मंगलबार पानी पर्ने सम्भावना

पुस महिनाको सुरुआतसँगै राजधानी काठमाडौंमा ह्वात्तै जाडो बढेको छ ।

सोमबार बिहानको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस छ । यो तापक्रम यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।

बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामक समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि पर्दा जाडो बढेको मौसमविद राजु प्रधानांगले जनाएका छन् ।

बंगालको खाडीबाट आएके ‘फेथाइ’ नेपालको उत्तर–पश्चिम दिशातर्फ सरिरहेको छ । यसैको प्रभावका कारणले नेपालको पूर्वी र मध्य क्षेत्रमा मा सोमबार र मंगलबार सामान्य वा पूर्णतया बदली हुने र केही भागहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद प्रधानांगले बताएका छन् ।

उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुने र देशका पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना रहेको पनि उनले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर