newskoseli.Com

नेकपा स्थायी कमिटीको बैठक : क–कसले बोले, के–के भने ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकको तेस्रो दिन मंगलबार पनि राजनीतिक प्रतिवेदनमथिको छलफल जारी नै रह्यो ।

सो पार्टीको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वी सुब्बा गुरुङले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गरे ।

सोमबारको बैठकमा १० सदस्यले धारणा राख्दै सरकार र पार्टी नेतृत्वका काम सन्तोषजनक नभएको भन्दै असन्तोष व्यक्त गरेका थिए । ४५ सदस्यीय स्थायी कमिटीको शनिबार सुरु भएको यस बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायतका विषय समाविष्ट छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पूरक प्रतिवेदन पेस गरेका छन् । बैठक बुधबार बिहान ८ बजे पुनः बस्ने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर