
सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छन् ।
सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मंसिर २० यता परिवारको सम्पर्कमा नआएकी हुन् । बालिका २० गते बिहान विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले बताए ।
बालिका घर नफर्के पनि आफन्तकहाँ गएको हुन सक्ने आशङ्कामा बेलुका नखोजिएको तर दुई दिनसम्म नफर्केपछि खोजी सुरू गरिएको गुरुङले बताए ।
बलिकाका परिवार, आफन्त र प्रहरीले समेत खोजी गरे पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका हबल्दार विजय राईले जानकरी दिएका छन् । बालिका गाउँकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी भएको राससले जनाएको छ ।