newskoseli.Com

नेकपा स्थायी कमिटी : तेस्रो दिनदेखि घट्यो नेतृत्वको आलोचना !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी बैठक बुधबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा ३ घन्टा बस्यो ।

बुधबारको बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जनाएका छन् । पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार बुधबार देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्पा कँडेलले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा प्रकट गरे ।

सोमबार र मंगलबारको तुलनामा बुधबार बोल्ने नेताहरुले नेतृत्व र प्रधानमन्त्री एवं सरकारको आलोचना निकै कम मात्र गरेको स्थायी कमिटीका एक सदस्यले बताए । ‘सुरुआती दुई दिनको तुलनामा आज बोल्ने नेताहरुले निकै संयमित, सन्तुलित र मर्यांदित तरिकाले धारणा राख्नुभयो’– ती नेताले भने । बैठकले बिहीबार बिहान पनि निरन्तरता पाउने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर