भोजपुर नगरपालिका– ६, देउरालीमा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् ।
भोजपुर बसपार्कबाट धरानका लागि बिहान ११ बजे छुटेको को १ ख ३०५९ नम्बरको बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा अरुण गाउँपालिका– ३, प्याउली बस्ने ५० वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।
बसमा सवार १८ जना यात्रुमध्ये ८ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल भोजपुर र सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ ।