newskoseli.Com

शून्य डिग्रीमा झर्‍यो राजधानीको तापक्रम

पुस महिना ठीक आधा बित्दा सोमबार काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ ।

तापक्रम शून्य डिग्री सेल्सियसमा झरेसँगै यस वर्षकै सबभन्दा बढी चिसो महसुस गरिएको छ । यसअघि आइतबार १ डिग्रीमा झर्दा समेत वर्षकै सबैभन्दा चिसो महशुस गरियो तर सोमबार उपत्यकासहित देशभर झन् चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । काठमाडौंको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आइतबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो ।

अब केही दिन काठमाडौंको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ ।

विभागका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्म २४ दशमलव ५ डिग्री सेल्सियस रहेको राससले जनाएको छ ।
–––

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर